आइपिएल युएईमा गर्न भारतीय सरकारको अनुमति

२०२० इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि युएई गर्न भारतीय सरकारले अनुमति दिएको छ।आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलले भारतीय सरकारले अनुमति दिएको पुष्टि गरेका हुन्।सेप्टेम्बर १९ बाट सुरु हुने आइपिएलको फाइनल नोभेम्बर १० मा हुनेछ। यो वर्षको आइपिएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल हुनेछन्।आइपिएलका दिउँसका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुनेछ।

एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ। आइपिएलका लागि सबै टिमले खेलाडीलाई क्वारेन्टिनमा राख्ने प्रक्रिया सुरु गरिसकेका छन्।वर्षको टी-२० विश्वकप स्थगित भएसँगै आइपिएल आयोजना गर्न सहज भएको थियो। भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपिएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको थियो।आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्। युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने बाध्यकारी नियम छैन।

युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ। यस्तै त्यहाँ पुगेपछि अर्को परीक्षण हुनेछ। सो परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्वारेन्टिनमा बस्नु पर्दैन।यति भएपछि अब आईपीएल युएईमा गर्ने गरि बीसीसीआई तयारीमा जुट्ने समाचारमा उल्लेख गरिएको छ ।यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि सुरु हुनेछ । आईपीएल हुने तयारी भएपनि केही दिनि अगाडिमात्रै टाइटल स्पोन्सर भिभो र आईपीएलबीचको आपसी समझदारीमा सम्भौता रद्ध भएको छ ।अब यो संस्करणमा आईपीएलले प्रायोजक पनि नयाँ खोज्नेछ ।